कविता : शुभकामना बाटै आर्शिवाद खै कहाँ पायो कुन्नि ?

  • बुधबार, आश्वीन १५ २०७६ प्रकाशित

दशैँ आयो भन्छन् खै कहाँ आयो कुन्नि 
खुसी छायो भन्छन् खै कहाँ छायो कुन्नि ? 

कोहिली झँै मिठो गीत गाउदैन रे कुनै 
सुर तालै हाली भाका खै कहाँ गायो कुन्नि ? 

लिंगे पिङ रोटे पिङ सरर सर्को  
रोटे पिङ आजभोलि खै कहाँ धायो कुन्नि ?  

चाडपर्व आउछ मिल्छ शुभकामनाको लर्को 
शुभकामना बाटै आर्शिवाद खै कहाँ पायो कुन्नि ? 
अमिर दाहाल परिश्रमी 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।