आज देशभर मौसम बदली रहने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको पश्चिमी भूभागमा सामान्य बदली, मध्य तथा पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । पश्चिमका केहि स्थानमा साथै मध्य तथा पूर्वी भूभागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ ।
पश्चिमी तथा पूर्वी पहाडी भुभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ । आज राति देशभरि आंशिक देखि सामान्य बदली रहनेछ । पूर्वानुमान महाशाखाका अनुसार हाल देशभरी आंशिक देखि सामान्य बदली रहि पश्चिमी भूभागका थोरै स्थानमा वर्षा भइरहेको छ ।
महाशाखाले निकालेको सूचना अनुसार हाल मनसुनी न्यून चापीय रेखा (Axis of the Monsoon Trough) औसत स्थानमा रहेको छ । साथै भारतको उत्तर प्रदेश आसपास न्यूनचापीय प्रणाली रहेको छ ।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?
तपाइको विचार व्यक्त गर्नुहोस् ।