लियो लर्डबुद्धले ग¥यो विद्यार्थीसँग बृहत यौनिकता शिक्षा संम्बन्धि कार्यक्रम

  • बिहीबार, भाद्र ५ २०७६ प्रकाशित

मकवानपुर ÷ लियो क्लव अफ हेटौडा लर्डबुद्धले बृहत यौनिकता शिक्षा संम्बन्धि कार्यक्रम सम्पन्न गरेको छ । आज हेटौडा क्याम्पसका कक्षा ११ र १२ विद्यार्थीहरु बिचमा सो कार्यक्रम गरेको हो । 

महिला सशक्तिकरण संयोजक निशा गौतमले सहजिकरण गर्नुभएको कार्यक्रममा यौन शिक्षाको बृहत परिभाषा, यौनिक व्यावहार, यौन, यौनाङग प्रजनन अङग लागायत यौनिकता विभिन्न चक्रमा देखा पर्ने जैविक र शारीरिक परिर्वतनका बारे प्रशिक्षण गराउनु भएको थियो । 

युवा जागरूकता अभियान अन्र्तगत यस कार्यक्रममा यौनिक शिक्षाका विषयवस्तुको औचित्य र महत्व, यौनिक शिक्षा सम्बन्धि सबै युवाहरु समक्ष पु¥याउने उद्देश्य अनुरुप कार्यक्रम संचालन गरेको संस्थाका सचिव आशिष शाक्यले जानकारी दिनुभयो । 

क्याम्पसका ७४ जना विद्यार्थीहरुको सहभागितामा सम्पन्न भएको कार्यक्रममा लियो जिल्ला परिषद् ३२५ बि २ नेपालका डिस्ट्रिक टेल ट्वीस्टर राजन श्रेष्ठ, रिजन कोर्अडिनेटर सुशान्त खतिवडा लगायतको आथित्यता रहेको थियो । 

हेटौडा क्याम्पसका प्रमुख देब मानन्धरको प्रमुख आथित्यता तथा लियो क्लव अफ हेटौडा लडबुद्ध दोस्रो उपाध्यक्ष मित्र गौतमको सभाध्यक्षतामा कार्यक्रम भएको हो । 
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।