प्रहरी भन्छन् छवि र शिल्पा भेटिएनन् !

  • आइतबार​, श्रावण १२ २०७६ प्रकाशित

हेटौँडा


नेपाल प्रहरीले निर्माता छविराज ओझा र नायिका शिल्पा पोख्रेललाई खोजी कार्य जारी राखेको जनाएको छ ।  जिल्ला अदालत, काठमाडौंले बहुविवाहसम्बन्धी कसुरका आधारमा  अनुसन्धान गर्न प्रकाउ पुर्जी जारी गरेसँगै उनीहलाई प्रहरीले खोजी गरिरहेको छ । 

निर्माता छविराज ओझाकी जेठी पत्नी हेमा ओझाले दिएको जाहेरीका आधारमा महिला सेल, कालीमाटीले अनुसन्धान थालेको थियो ।काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले अहिलेसम्म छविराज र शिल्पा सम्पर्कमा नआएको बताए । ‘प्रक्रियामा गएका छौँ, खोजी भइरहेको छ,’ उनले भने । 

नायिका शिल्पा पोखरेल र छविराज विरुद्ध हेमाले बहुविवाहको उजुरी हालेकी थिइन् । प्रहरीमा उजुरी परेपछि छवि र शिल्पा दुवै सम्पर्कमा आएका छैनन् । शिल्पा र छविराज ओझा झण्डै ३ वर्ष प्रेमसम्बन्धमा रहेका थिए । नायिका रेखा थापासँग डिभोर्स गरेका छविराज ओझाले शिल्पा पोखरेललाई आफ्नी प्रेमिका बनाएका थिए । उमेरका हिसाबले शिल्पा २५ वर्ष पुगिन् भने छविराज ५५ वर्ष पुगे । अब छविराजले बिहे नगर्ने बताएका छन् । 

छविराजका अनुसार शिल्पाले उनीसँग दोस्रो बिहे गरेकी हुन् । यस अर्थमा शिल्पाले पनि २५ वर्षकै उमेरमा दोस्रो बिहे गरेकी छिन् । र, उनी छविराजसँग डिभोर्स दिने प्रकियामा थिइन् । 

शिल्पा र छविराजले वि-सं  २०७३ साल असार २९ गते बिहे गरेका थिए । बिहे गरे पनि दुवैले बिहेका बारेमा मिडियामा लुकाउँदै आएका थिए । बिहे गरेको साढे २ वर्षपछि झण्डै ६ महिनाअघि यी दुईले बिहे दर्ता गराएका थिए । बिहे दर्ता गराएको ६ महिनापछि दुवै डिभोर्सको तयारीमा लागेका हुन् । शिल्पा डिभोर्सको प्रकियामा गएका बेला छविराजकी जेठी पत्नीले बहुविवाहको उजुरी दिएकी हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।