बिहीबार रातिदेखि मुलुकका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण जनजीवन प्रभावित भएको छ । हालसम्म रामेछाप, काभ्रेपलाञ्चोक, भोजपुर, ललितपुर, मकवानपुर र पर्सामा गरी ११ जनाले जनाले ज्यान गुमाएका छन् ।
प्रहरी प्रधान कार्यालय, नक्सालका अनुसार बनेपा–३, नालामा भूकम्प पीडितको घरमाथि पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते छन् । मृत्यु हुनेमा ५५ वर्षीया गोमा दंगाल र ७ वर्षीय सोहनी दंगाल छन् ।
घटनामा बुहारी ३० वर्षीया शुशिला र तीन महिने नातिनी अनुश्का घाइते छन् । रामेछापमा पनि पहिरोले पुरिएर रामपुरकी ४५ वर्षीया पदमकुमारी सुनुवारको मृत्यु भएको छ । अर्का एक जना घाइते छन् ।
भोजपुरमा पनि पानीको भेल घरभित्र पस्दा भत्किएको पर्खालले लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामप्रसाद राई गाउँपालिका–७, बासिखोराका ६६ वर्षीय जगतबहादुर राई छन् ।
टेम्केमैयुङ गाउँपालिका–९, लेखर्कका १४ वर्षीय बालक जनक विकको पनि शौच गर्ने क्रममा पहिरोले चर्पीसहित पुरिएर घटनास्थलमै मृत्यु भएको स्थानीय अनिल कुमार राईले बताए । ललितपुरमा पनि अविरल वर्षाका कारण एक जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । खोटाङमा ३ जना बेपत्ता रहेका पनि जनाइएको छ ।
पर्साको पर्सागढी नगरपालिकामा बाढीले बगाएर एक बालकको मृत्यु भएको छ । पर्सागढी नगरपालिका वडा नं १ बस्ने १० बर्षका निखिल पटेलको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
सिंग्याही खोलामा आएको बाढीले बगाएर ल्याएको दाउरा संकलन गरिरहेका उनलाई बाढीले बगाएको प्रहरीले जनाएको छ ।
उत्तरी मकवानपुरको थाहा नगरपालिका – ३ मा महाभीर खोलाले बगाउँदा घाइते भएकी बालिका सञ्चना बलामीको मृत्यु भएको छ ।
दम्कीबाट खोलाले बगाएको उनलाई चार सय मिटर तल पुगेपछि स्थानीयले उद्धार गरी अस्पताल पुर्याएका थिए । उनको उपचारका क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।
काठमाडौंको मुलपानीमा पनि पहिरोले पुरिएर एकैपरिवारका ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बारा घर भइ कागेश्वर मनहरा नगरपालिका, मुलपानी बस्दै आएका नतु यादव, सर्मिला यादव र १० वर्षीय कुन्दन यादव छन् ।
बिहीबार रातिदेखि मुलुकका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण जनजीवन प्रभावित भएको छ । हालसम्म रामेछाप, काभ्रेपलाञ्चोक, भोजपुर, ललितपुर, मकवानपुर र पर्सामा गरी ११ जनाले जनाले ज्यान गुमाएका छन् ।
प्रहरी प्रधान कार्यालय, नक्सालका अनुसार बनेपा–३, नालामा भूकम्प पीडितको घरमाथि पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते छन् । मृत्यु हुनेमा ५५ वर्षीया गोमा दंगाल र ७ वर्षीय सोहनी दंगाल छन् ।
घटनामा बुहारी ३० वर्षीया शुशिला र तीन महिने नातिनी अनुश्का घाइते छन् ।
रामेछापमा पनि पहिरोले पुरिएर रामपुरकी ४५ वर्षीया पदमकुमारी सुनुवारको मृत्यु भएको छ । अर्का एक जना घाइते छन् ।
भोजपुरमा पनि पानीको भेल घरभित्र पस्दा भत्किएको पर्खालले लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामप्रसाद राई गाउँपालिका–७, बासिखोराका ६६ वर्षीय जगतबहादुर राई छन् ।
टेम्केमैयुङ गाउँपालिका–९, लेखर्कका १४ वर्षीय बालक जनक विकको पनि शौच गर्ने क्रममा पहिरोले चर्पीसहित पुरिएर घटनास्थलमै मृत्यु भएको स्थानीय अनिल कुमार राईले बताए । ललितपुरमा पनि अविरल वर्षाका कारण एक जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । खोटाङमा ३ जना बेपत्ता रहेका पनि जनाइएको छ ।
पर्साको पर्सागढी नगरपालिकामा बाढीले बगाएर एक बालकको मृत्यु भएको छ । पर्सागढी नगरपालिका वडा नं १ बस्ने १० बर्षका निखिल पटेलको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
सिंग्याही खोलामा आएको बाढीले बगाएर ल्याएको दाउरा संकलन गरिरहेका उनलाई बाढीले बगाएको प्रहरीले जनाएको छ ।
उत्तरी मकवानपुरको थाहा नगरपालिका – ३ मा महाभीर खोलाले बगाउँदा घाइते भएकी बालिका सञ्चना बलामीको मृत्यु भएको छ ।
दम्कीबाट खोलाले बगाएको उनलाई चार सय मिटर तल पुगेपछि स्थानीयले उद्धार गरी अस्पताल पुर्याएका थिए । उनको उपचारका क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।
काठमाडौंको मुलपानीमा पनि पहिरोले पुरिएर एकैपरिवारका ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बारा घर भइ कागेश्वर मनहरा नगरपालिका, मुलपानी बस्दै आएका नतु यादव, सर्मिला यादव र १० वर्षीय कुन्दन यादव छन् ।
वर्षाले कुन जिल्लामा कति क्षति पुर्यायो ?
पाल्पा
पाल्पाको तिनाउ–५, केराबारीमा वर्षात्का कारण सिद्धार्थ राजमार्ग अबरुद्ध भएको छ । अहिले त्यहाँ प्रहरी चौकी प्रभाषबाट प्रहरी नायब निरीक्षकको नेतृत्जवमा टोली पुगेको छ । सडक डिभिजन कार्यालयसँगको समन्वयमा बाटो खुलाउने प्रसास भइरहेको जनाइएको छ ।
काठमाडौं
काठमाडौं–२१, लगनमा ढुंगाले बनेको कच्ची घर वर्षाले भत्काएको छ । तर, मानविय क्षति हुन भएको छैन । घरमा कोही नसकेको वेला घटना भएकाले क्षति नभएको जनाइएको छ । घटनास्थलमा महानगरीय प्रहरी वृत्त, जनसेवटाबाट टोली खटिएको छ ।
वर्षाले मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारको पनि पर्खाल पनि भत्काएको छ ।
ललितपुर
गएराति आएको हुरीले महानगरीय प्रहरी प्रभागभित्र रहेको सहायक कक्ष छेऊको रुख ढालेको छ । जसका कारण मंगल बजार जाने सडक अबरुद्ध भएको थियो । तर, अहिले अवरोध हटाइसकिएको छ ।
सुनसरी
सनुसरीमा अविरल वर्षाका कारण अधिकांश क्षेत्र जलमग्न बनेको छ । जिल्ला प्रहरी कार्यालय, सुनसरीको विवरण अनुसार जिल्लाको हरिनगरा–५, सुकसेना टोल डुबानमा परेको छ । अझै वर्षा भइरहे थप क्षति हुने भएकाले प्रहरीले करिब ५० घरपरिवारलाई स्थान्तरण गर्ने प्रक्रिया थालेको छ । त्यहाँ अहिले सुरक्षा बेसक्याम वसन्तपुरबाट प्रहरी नायब निरीक्षकको नेतृत्वमा १० जनाको टोली खटिएको छ ।
महोत्तरी
वर्षाका कारण महोत्तरीको जलेश्वर कारागार पनि जलमग्न भएको छ । करिब एक फिट पानी जमेपछि कारागारमा रहेका कैदीबन्दीलाई खाना पकाउन कठिन भएको जनाइएको छ ।
महोत्तरीको जिल्ला प्रहरी कार्यालयभित्र पनि पानी पसेको छ । अन्य क्षति भने भएको छैन ।
जनकपुर
सरकारी समाचार एजेन्सी राससका अनुसार अविरल वर्षाका कारण जनकपुरधाम उपमहानगरपालिका पनि जलमग्न भएको छ । वर्षाले नगरका सडक जलाशयमा परिणत भएको छ भने उपनगरपालिकाको घर–घरमा पानी पसेको छ ।
निकास नभएका कारण जनकपुरधामस्थित सरकारी कार्यालय डुबानमा परेको छ । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, वन कार्यालय, आन्तरिक राजश्व कार्यालय, राष्ट्रिय समाचार समिति, हुलाक कार्यालय, वन निर्देशनालयलगायतका कार्यालय परिसरमा तीन फिटसम्म पानी जमेको छ ।
अविरल वर्षाले धनुषा जिल्लाको कमला नदीको जलसतह पनि बढेको छ ।
सिन्धुली
प्रहरीका अनुसार सिन्धुलीको गोलान्जोर–२, बित्तिजोरमा अविरल वर्षासँगै परेको चट्याङले एक जना घाइते भएकी छन् । घरमै बसिरहेका वेला ४० वर्षीया निर्मला कार्कीलाई चट्याङ्गले लागेको थियो । घटनालगत्तै उनी बेहोस भएकी थिइन् । अहिले प्राथमिक स्वास्थ्य चौकी ग्वाल्टारमा उपचार भइरहेको छ ।
सडकमा पहिरो खसेपछि गए रातिदेखि विपी राजमार्ग र मध्यपहाडी लोकमार्ग पनि अवरुद्ध भएको छ । गोलन्जोर र सुनकोशी गाउँपालिकामा विपी राजमार्ग अवरुद्ध भएको छ ।
गएराति गोलन्जोर गाउँपालिका–५ को सोलाभञ्याङ र खनियाखर्कको बीचमा सडकमा माथिबाट पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहलाई उदृत गर्दै राससले लेखेको छ ।
सुनकोशी गाउँपालिका–१ कमरेमा पनि पहिरोका कारण विपी राजमार्ग अवरुद्ध भएको सिंहले बताएका छन् । उनका अनुसार पहिरोका कारण राजमार्ग अवरुद्ध भएपछि अहिले पहिरो पन्छाउने तयारी भइरहेको छ ।
यसैबीच माथिबाट खसेको पहिरोका कारण गोलन्जोर गाउँपालिकाअन्र्तगत मध्यपहाडी लोकमार्ग पनि अवरुद्ध भएको छ । अवरुद्ध राजमार्ग हटाई सवारी आवागमन सञ्चालन गर्न गाउँपालिका अध्यक्षसँग समन्वय भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रमुख विष्णु बस्नेतले जानकारी दिए ।
गोलन्जोर गाउँपालिकाले साइकल जोन भन्दै राजमार्गभन्दा माथि डोजर चलाएर सडक खनेपछि पटक–पटक राजमार्ग अवरुद्ध हँुदै आएको छ । सामान्य वर्षातमा समेत माथिबाट लेदो खस्दा राजमार्ग अवरुद्ध हुने गरेको छ । राजमार्गभन्दा माथि जथाभावी खनिएका ग्रामीण सडकका कारण पानी पर्ने बित्तिकै अवरुद्ध हुने गरेका छन् । राजमार्ग अवरुद्ध हुँदा गन्तव्यमा हिँडेका यात्रु बीचमै अलपत्र परेका छन् ।
सिन्धुलीमा लगातार वर्षा भइरहेको र अहिलेसम्म कहीँकतै अप्रिय घटना नघटेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । जिल्लाको मरिण, कमला तथा चदाह क्षेत्रका बासिन्दालाई खोला तथा नदी क्षेत्रमा जाँदा सावधानी अपनाउन आग्रह गरिएको छ ।
रौतहट
रौतहटस्थित अनलाइनखबर संवाददाता गौतम श्रेष्ठका अनुसार अविरल वर्षाले जिल्लाको जनजीवन प्रभावित भएको छ । बाढीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध बनेको छ भने लाल बकैया नदीले बन्जरहाको बाँध कटान गर्दा आधा दर्जन बस्ती डुवानमा परेका छन् ।
अविरल वर्षापछि चन्द्रपुर लच्कामा आएको बाढी सडकमा पसेपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध बन्न पुगेको रौतहट प्रहरीले जनाएको छ ।
सडक अवरुद्ध भएसँगै दुवैतर्फका सवारी गन्तव्यमा जान नसकेर रोकिएका छन् ।
सडकमा देखिएको अवरोध हटाएर सञ्चालनमा ल्याउने प्रयासमा जुटिरहेको प्रहरीले जनाएको छ । तर, वर्षा जारी रहेकाले कठिनाइ भइरहेको छ ।
यसैबीच, रौतहटको गढीमाई नगरपालिका–३ लक्ष्मीपुरमा बागमतीले बाँध भत्काएको छ । भत्किएको बाँधको पानीले नगरपालिकाका लक्ष्मीपुर, धर्मपुर, पकहा, रजवाडालगायतका वडाहरु जलमग्न भएका छन् ।
चन्द्रपुर–२ स्थित पूर्व–पश्चिम राजमार्गको पहिलो लच्कामा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको हाल नम्बर नखुलेको यात्रुबहाक बस अविरल परेको बर्षाको कारण आएको बाढीले रोकिएको छ ।
अहिले दुवै तर्फको सवारी अवरोध भएको जनाइएको छ ।
पाँचथर
जिल्ला प्रहरी कार्यालय, पाँचथरका अनुसार फाल्गुनन्द–३, मेची राजमार्गस्थित पाङग्रेभिरमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । अहिले प्रहरी चौकी, पौवासार्तापबाट प्रहरी सहायक निरीक्षक वद्रिविक्रम दाहालको कमाण्डमा टोली खटिएर पहिरो हटाउने प्रयास गरिरहेको छ ।
झापा
जलमग्न झापाको दमक । तस्वीरः विष्णु पोखरेल
जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार जिल्लाका अधिकांश ग्रामिण क्षेत्र डुबानमा परेका छन् । जिल्लाको दक्षिणी क्षेत्र बढी प्रभावित छन् ।
तर, जिल्लाको नदी कन्काई, बिरिङ लगायतमा पानीको वहावले खतराको सूची नाघिनसकेको नेपाल रेडक्रस सोसाइटी झापा शाखाले जनाएको छ ।
जिल्लाको विभिन्न क्षेत्र जलमग्न भए पनि अहिलेसम्म कोही विस्थापित हुनु नपरेका रेडक्रसले जनाएको छ ।
बिराटनगर
अनलाइनखबरका बिराटनगर संवाददाता हरि अधिकारीका अनुसार अविरल वर्षापछि सिंगिया खोलामा आएको बाढीले विराटनगर–३ वडाका विभिन्न बस्ती डुवानमा परेका छन् । महानगरपालिकाका १, २ र ८ वडाका बस्ती शुक्रबार बिहान डुबानमा परेका हुन् ।
सिंगियाको बाढीले विराटनगर–१ को परोपकार घाट आसपासमा रहेको सुकुम्बासी बस्ती डुबाएको छ । यो वस्तीमा करिब ५० घर रहेको र उनीहरूलाई बिहीबार राति नै सुरक्षित स्थानमा सारिएकाले मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
चितवन
चितवन प्रहरीका अनुसार माडी–३ र ४ को सिमानामा रहेको मगई खोला र घांगर खोलामा पानीको वहाव बढ्दै गएको छ । नारायणगढ माडी सडक खण्डमा चल्ने सवारी साधन चलेको छैन ।
अहिले त्यहाँ इलका प्रहरी कार्यालय, माडीबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिएको छ ।
मकवानपुर
मकवानपुरको ईन्द्रसरोवर–५ महालक्ष्मी खोला नजिक पहिरो खस्दा यातायात अवरुद्ध बनेको छ । त्यहाँ प्रहरी चौकी फाखेलबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा टाली खटिएको छ ।
पाल्पा
पाल्पाको तिनाउ–५, केराबारीमा वर्षात्का कारण सिद्धार्थ राजमार्ग अबरुद्ध भएको छ । अहिले त्यहाँ प्रहरी चौकी प्रभाषबाट प्रहरी नायब निरीक्षकको नेतृत्जवमा टोली पुगेको छ । सडक डिभिजन कार्यालयसँगको समन्वयमा बाटो खुलाउने प्रसास भइरहेको जनाइएको छ ।
काठमाडौं
काठमाडौं–२१, लगनमा ढुंगाले बनेको कच्ची घर वर्षाले भत्काएको छ । तर, मानविय क्षति हुन भएको छैन । घरमा कोही नसकेको वेला घटना भएकाले क्षति नभएको जनाइएको छ । घटनास्थलमा महानगरीय प्रहरी वृत्त, जनसेवटाबाट टोली खटिएको छ । वर्षाले मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारको पनि पर्खाल पनि भत्काएको छ ।
ललितपुर
गएराति आएको हुरीले महानगरीय प्रहरी प्रभागभित्र रहेको सहायक कक्ष छेऊको रुख ढालेको छ । जसका कारण मंगल बजार जाने सडक अबरुद्ध भएको थियो । तर, अहिले अवरोध हटाइसकिएको छ ।
सुनसरी
सनुसरीमा अविरल वर्षाका कारण अधिकांश क्षेत्र जलमग्न बनेको छ । जिल्ला प्रहरी कार्यालय, सुनसरीको विवरण अनुसार जिल्लाको हरिनगरा–५, सुकसेना टोल डुबानमा परेको छ । अझै वर्षा भइरहे थप क्षति हुने भएकाले प्रहरीले करिब ५० घरपरिवारलाई स्थान्तरण गर्ने प्रक्रिया थालेको छ । त्यहाँ अहिले सुरक्षा बेसक्याम वसन्तपुरबाट प्रहरी नायब निरीक्षकको नेतृत्वमा १० जनाको टोली खटिएको छ ।
महोत्तरी
वर्षाका कारण महोत्तरीको जलेश्वर कारागार पनि जलमग्न भएको छ । करिब एक फिट पानी जमेपछि कारागारमा रहेका कैदीबन्दीलाई खाना पकाउन कठिन भएको जनाइएको छ । महोत्तरीको जिल्ला प्रहरी कार्यालयभित्र पनि पानी पसेको छ । अन्य क्षति भने भएको छैन ।
जनकपुर
सरकारी समाचार एजेन्सी राससका अनुसार अविरल वर्षाका कारण जनकपुरधाम उपमहानगरपालिका पनि जलमग्न भएको छ । वर्षाले नगरका सडक जलाशयमा परिणत भएको छ भने उपनगरपालिकाको घर–घरमा पानी पसेको छ ।
निकास नभएका कारण जनकपुरधामस्थित सरकारी कार्यालय डुबानमा परेको छ । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, वन कार्यालय, आन्तरिक राजश्व कार्यालय, राष्ट्रिय समाचार समिति, हुलाक कार्यालय, वन निर्देशनालयलगायतका कार्यालय परिसरमा तीन फिटसम्म पानी जमेको छ । अविरल वर्षाले धनुषा जिल्लाको कमला नदीको जलसतह पनि बढेको छ ।
सिन्धुली
प्रहरीका अनुसार सिन्धुलीको गोलान्जोर–२, बित्तिजोरमा अविरल वर्षासँगै परेको चट्याङले एक जना घाइते भएकी छन् । घरमै बसिरहेका वेला ४० वर्षीया निर्मला कार्कीलाई चट्याङ्गले लागेको थियो । घटनालगत्तै उनी बेहोस भएकी थिइन् । अहिले प्राथमिक स्वास्थ्य चौकी ग्वाल्टारमा उपचार भइरहेको छ ।
सडकमा पहिरो खसेपछि गए रातिदेखि विपी राजमार्ग र मध्यपहाडी लोकमार्ग पनि अवरुद्ध भएको छ । गोलन्जोर र सुनकोशी गाउँपालिकामा विपी राजमार्ग अवरुद्ध भएको छ ।
गएराति गोलन्जोर गाउँपालिका–५ को सोलाभञ्याङ र खनियाखर्कको बीचमा सडकमा माथिबाट पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहलाई उदृत गर्दै राससले लेखेको छ ।
सुनकोशी गाउँपालिका–१ कमरेमा पनि पहिरोका कारण विपी राजमार्ग अवरुद्ध भएको सिंहले बताएका छन् । उनका अनुसार पहिरोका कारण राजमार्ग अवरुद्ध भएपछि अहिले पहिरो पन्छाउने तयारी भइरहेको छ ।
यसैबीच माथिबाट खसेको पहिरोका कारण गोलन्जोर गाउँपालिकाअन्र्तगत मध्यपहाडी लोकमार्ग पनि अवरुद्ध भएको छ । अवरुद्ध राजमार्ग हटाई सवारी आवागमन सञ्चालन गर्न गाउँपालिका अध्यक्षसँग समन्वय भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रमुख विष्णु बस्नेतले जानकारी दिए ।
गोलन्जोर गाउँपालिकाले साइकल जोन भन्दै राजमार्गभन्दा माथि डोजर चलाएर सडक खनेपछि पटक–पटक राजमार्ग अवरुद्ध हँुदै आएको छ । सामान्य वर्षातमा समेत माथिबाट लेदो खस्दा राजमार्ग अवरुद्ध हुने गरेको छ । राजमार्गभन्दा माथि जथाभावी खनिएका ग्रामीण सडकका कारण पानी पर्ने बित्तिकै अवरुद्ध हुने गरेका छन् । राजमार्ग अवरुद्ध हुँदा गन्तव्यमा हिँडेका यात्रु बीचमै अलपत्र परेका छन् ।
सिन्धुलीमा लगातार वर्षा भइरहेको र अहिलेसम्म कहीँकतै अप्रिय घटना नघटेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । जिल्लाको मरिण, कमला तथा चदाह क्षेत्रका बासिन्दालाई खोला तथा नदी क्षेत्रमा जाँदा सावधानी अपनाउन आग्रह गरिएको छ ।
रौतहट
रौतहटस्थित अनलाइनखबर संवाददाता गौतम श्रेष्ठका अनुसार अविरल वर्षाले जिल्लाको जनजीवन प्रभावित भएको छ । बाढीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध बनेको छ भने लाल बकैया नदीले बन्जरहाको बाँध कटान गर्दा आधा दर्जन बस्ती डुवानमा परेका छन् ।
अविरल वर्षापछि चन्द्रपुर लच्कामा आएको बाढी सडकमा पसेपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध बन्न पुगेको रौतहट प्रहरीले जनाएको छ ।
सडक अवरुद्ध भएसँगै दुवैतर्फका सवारी गन्तव्यमा जान नसकेर रोकिएका छन् ।
सडकमा देखिएको अवरोध हटाएर सञ्चालनमा ल्याउने प्रयासमा जुटिरहेको प्रहरीले जनाएको छ । तर, वर्षा जारी रहेकाले कठिनाइ भइरहेको छ ।
यसैबीच, रौतहटको गढीमाई नगरपालिका–३ लक्ष्मीपुरमा बागमतीले बाँध भत्काएको छ । भत्किएको बाँधको पानीले नगरपालिकाका लक्ष्मीपुर, धर्मपुर, पकहा, रजवाडालगायतका वडाहरु जलमग्न भएका छन् ।
चन्द्रपुर–२ स्थित पूर्व–पश्चिम राजमार्गको पहिलो लच्कामा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको हाल नम्बर नखुलेको यात्रुबहाक बस अविरल परेको बर्षाको कारण आएको बाढीले रोकिएको छ । अहिले दुवै तर्फको सवारी अवरोध भएको जनाइएको छ ।
पाँचथर
जिल्ला प्रहरी कार्यालय, पाँचथरका अनुसार फाल्गुनन्द–३, मेची राजमार्गस्थित पाङग्रेभिरमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । अहिले प्रहरी चौकी, पौवासार्तापबाट प्रहरी सहायक निरीक्षक वद्रिविक्रम दाहालको कमाण्डमा टोली खटिएर पहिरो हटाउने प्रयास गरिरहेको छ ।
झापा
जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार जिल्लाका अधिकांश ग्रामिण क्षेत्र डुबानमा परेका छन् । जिल्लाको दक्षिणी क्षेत्र बढी प्रभावित छन् ।
तर, जिल्लाको नदी कन्काई, बिरिङ लगायतमा पानीको वहावले खतराको सूची नाघिनसकेको नेपाल रेडक्रस सोसाइटी झापा शाखाले जनाएको छ ।
जिल्लाको विभिन्न क्षेत्र जलमग्न भए पनि अहिलेसम्म कोही विस्थापित हुनु नपरेका रेडक्रसले जनाएको छ ।
बिराटनगर
अनलाइनखबरका बिराटनगर संवाददाता हरि अधिकारीका अनुसार अविरल वर्षापछि सिंगिया खोलामा आएको बाढीले विराटनगर–३ वडाका विभिन्न बस्ती डुवानमा परेका छन् । महानगरपालिकाका १, २ र ८ वडाका बस्ती शुक्रबार बिहान डुबानमा परेका हुन् ।
सिंगियाको बाढीले विराटनगर–१ को परोपकार घाट आसपासमा रहेको सुकुम्बासी बस्ती डुबाएको छ । यो वस्तीमा करिब ५० घर रहेको र उनीहरूलाई बिहीबार राति नै सुरक्षित स्थानमा सारिएकाले मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
चितवन
चितवन प्रहरीका अनुसार माडी–३ र ४ को सिमानामा रहेको मगई खोला र घांगर खोलामा पानीको वहाव बढ्दै गएको छ । नारायणगढ माडी सडक खण्डमा चल्ने सवारी साधन चलेको छैन ।
अहिले त्यहाँ इलका प्रहरी कार्यालय, माडीबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिएको छ ।
मकवानपुर
बागमतीमा ठुलो बाढी,स्थानिय त्रसित
मकवानपुरको पूवी क्षेत्रमा पर्ने बागमती गाउँपालिका र ललितपुर बागमती गाउँपालिकाको सिमनामा रहेको बागमती खोलामा पनि ठुलो बाढी आएको छ । निरन्तर वर्षाको कारण स्थानिय त्रसित रहेका छन् । हाल सम्म बागमतीमा मानविय क्षेती भने भएको छैन ।
कैलाश ५ मा पहिरोमा परि पाख्रीन बेपत्ता
लगातार परेको बर्षाका कारण मकवानपुरको कैलाश गाउँपालिकामा माथिबाट झरेको पहिरोमा परि एकजना वेपत्ता भएका छन् । कैलाश गाउँपालिका ५ कालिखोलामा आएको पहिरोमा परी स्थानीय तारामाया पाख्रीन बेपत्ता भएको वडा नं ५ का वडाध्यक्ष छेकु लामाले जानकारी दिए । उनको खोजी कार्य जारी रहेको जनाईएको छ ।
गर्भवतीलाई डोजरले खोला तार्यो
मकवानपुरको भिमफेदी गाउँपालिका भैसे बागझोरा खोलामा बाढी आएका कारण गर्भवतीलाई हेटौंडा अस्पताल ल्याउन नसकेपछी डोजरको माध्यमले खोला तारेर ल्याइएको छ । सुत्केरी व्थाथा लागेकी गर्भवती महिला छट्पटीन थालेपछी डोजरका माध्यमले खोला तारिएको हो ।
हेटौडाका २ वडा पनि ढुवानमा
गए राति देखि परेको अविरल वर्षाका कारण हेटौंडा नगरका विभिन्न स्थान जलमग्न भएका छन् । अविरल वर्षाका कारण कर्रा, राप्ती, कुखरेनी र नगर भित्र पर्ने खहरेहरुमा पानिको बहाव उच्च रहेको मकवानपुर प्रहरीले जनाएको छ। स्थानीय खोलाको पानी बस्तीमा पसेपछी दर्जनौ परिवार बिस्थापित भएका छन्। पानी पसे पछि हेटौंडा ४ र ५ को पिप्ले, शान्तिनगर, गर्दोइ, माछापालन सानो पोखरा लगायतको स्थान जलमग्न भएको हो । डुबानमा परेका स्थानका व्यक्तिहरूलाइ सुरक्षित स्थानमा स्थानान्तरण गर्न लागि हामी खटिरहेको छौँ जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले भने ।
पहिरोले पुरियो कार
मकवानपुरको इन्द्रसरोबर गाउँपालिकाकोे कलंकीमा पहिरोले कारलाई पुरेको छ । आज विहान इन्द्रसरोबर गाउँपालिका वडा नंबर १ को सडकमा गुडिरहेको कारलाई पहिरोले पुरेको हो । हेटौंडाबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा २ च ९९२० नम्वरको निजी कार पहिरोले पुरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले बताए । कार पुरिएको भएपनि मानविय क्षति भने नभएको उनको भनाई छ ।
पुर्वी मकवानपुरमा यातायात अबरुद्ध, यात्रुको विचल्लीे
बर्षतका कारण पुर्वी मकवानपुर र हेटौँडाको यातायात सम्पर्क टुटेको छ । वर्षातको कारण धरना चतरा सडकखण्डको फुर्केचौर श्रीपुर सडकखण्डमा पहिरो जाँदा यातायात अबरुद्ध गरेको हो । पहिरोको कारण निर्माणधिन सडकको केहि क्षेत्रमा भएको पिच समेत भत्कीएको स्थानियले बताएका छन् । पहिरोले विद्युतिय पोल ढाल्दा दुई दिनबाट पुर्र्वी क्षेत्रमा विद्युत सेवा समेत अबरुद्ध भएको छ । यातायात बन्द हुँदा छतिवन, फापरबारी, राईगाउँ लगाएतका यात्रुरुहरु अलपत्रमा परेका छन् । यस्तै मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर १ स्थित बागझोरामा बाढी आएको छ । उक्त बाढीकाका कारण हेटौंडाबाट भैसे, नामटार, दामन पालुङ र भिमफेदी, सिस्नेरी, फोखेल हुँदै काठमाडौं जाने बाटो अवरुद्ध भएको छ । बागझोरा खुलाउँने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
घलानको घर पुर्यो पहिरोले
अविरल बषाको कारण भीमफेदी गाउँपालिका वडा नम्बर ५ दमारस्थित सोमबहादुर घलानको घर पहिरोले पुरेको छ । घरसंगै उनका परिवार समेत पहिरोमा परेको स्थानीय सुरेन्द्रराज थिकेले जानकारी दिए । पहिरोमा परेर मानविय क्षति भएको हुनसक्ने आशँका गरिएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ । अविरल बर्षाकै कारण भीमफेदीमा सडक अवरुद्ध हुनुको साथै विद्युत प्रवाहमा समेत समस्या भएको छ
थाहामा खोलाले बगाउँदा वालिकाको मृत्यु, ,विद्युत अबरुद्ध
मकवानपुरको थाहानगरपालिका महाभिर खोलाले बगाउदा एक विद्यार्थीको ज्यान गएको छ । जनकल्याण माविमा कक्षा ६ मा अध्ययनरत १२ बर्षकी संचना बलामीको मृत्यू भएको थाहाबाट पत्रकार धुब्र ढकालले जानकारी थिए । दम्किबाट खोलाले बगाएको उनलाई चार सय मिटर तल पुगेपछि स्थानीयले उद्धार गरि अस्पताल पु्याएका थिए । उनको अस्पतालमा ज्यान गएको ढकालले बताए ।
यस्तै थाहानगर पनि बर्षातका कारण विद्युत सेवा अवरुद्ध भएको छ । विद्युतको काारणले संचार क्षेत्र समेत प्रभावित भएको संचारकर्मीहरु बताएका छन् । भने थाहाको विभिन्न स्थानमा सानोतिनो पहिरो खसिरहेको र त्यस्तो कुनै मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
गाउँपालिका ४ दिन देखि विधुत र सञ्चार बिहिन
मकवानपुर इन्द्रसरोवर गाउँपालिका लगायतका क्षेत्रमा बिगत ४ दिन देखि विधुत र सञ्चार बिहिन भएको छ । अविरल परेको बर्षका कारणले बिद्युत मर्मत गर्न नसक्ने भएको कारणले अन्धकारमा बस्नु पर्ने भएको छ । यस्तै मकवानपुर इन्द्रसरोवर गाउँपालिका भएर साना मझौला टाटा सुमो लगायतका सवारी साधनहरु बाटो अवरुद्धका कारण बिचबाटोमै बस्नु पर्ने भएको छ । विगत ५ दिन देखि परेको पानीका कारणले इन्द्रसरोवर गाउँपालिका २ कुलेखानीको सुकौरा भन्ने ठाउँमा पहिरोका कारण हेटौडा कुलेखानी फाखेल फर्पिङको बाटो बन्द रहेका प्रहरीले जनाएको छ । वडा नम्बर २ र ३ को सिमाना पहिरोका कारणले केहि दिन देखि कुलेखानी सिस्नेरीको बाटो पनि बन्द रहेको हाम्रा सम्वाददाता आस बहादुर लामाले बताए ।
खोलामा फस्यो बस
पुर्वी मकवानपुरको वागमती गाउँपालिका स्थित वडा नंबर १ बन्जरे र माझगाउँ सम्झना बजारको सीमानामा राईगाउँवाट हेटौंडा आउँदै गरेको गरेको यात्रुबाहक बाढीको कारण खेस्रे खोलामा फसेको छ ।
यात्रुसहित खोला तर्ने क्रममा एक्कासी बाढी आएपछि यात्रुहरु बसबाट सकुसल निस्केपनि बस भने खोलामानै रहेको स्थानीयवासीले जनाएका छन् । खोलाको सतह बढेको कारण बसलाई उक्त क्षेत्रबाट निकाल्न सकिएको छैन् ।
साभार अनलाइन खबर
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?
तपाइको विचार व्यक्त गर्नुहोस् ।