२५ असार, भोजपुर । भोजपुर सदरमुकाममा नेत्रविक्रम चन्द विप्लव समूह र प्रहरीबीच गोली हानाहान हुँदा दुई जनाको मृत्यु भएको छ ।
सदरमुकामको हटिया लाइनमा भिडन्त हुँदा प्रहरी जवान सन्जीव राई र एक विप्लव समूहका कार्यकर्ता निरकुमार राईको मृत्यु भएको हो । अर्का एक प्रहरी सोम भट्टराई घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
विप्लव समूहको गोलीबाट प्रहरी मारिएको यो पहिलो घटना हो ।
यो पनि पढ्नुस्
भोजपुर घटनाको यथार्थ तत्काल सार्वजनिक गर स् कांग्रेस
भोजपुरमा विप्लव समूहबारे विशेष सूचना राख्थे प्रहरी जवान राई
भोजपुर भिडन्त स् विप्लव समूहले प्रहरी जवानलाई ‘लखेटेर’ गोली हानेको थियो
बुधबार विहान करिब ९ बजेतिर भोजपुर सदरमुकामस्थित शनिबारे हटियामा रहेको पान्धारे होटल नजिकै विप्लव कार्यकर्ताले जिल्ला प्रहरी कार्यालय भोजपुरमा कार्यरत प्रहरी जवान राईलाई गोली हानेका हुन् । जवाफी कारबाहीमा विप्लव समूहका निरकुमारलाई पनि गोली लागेको थियो ।
यो पनि पढ्नुहोस
भोजपुर भिडन्त स् विप्लव समूहले प्रहरी जवानलाई ‘लखेटेर’ गोली हानेको थियो
भोजपुर अस्पतालमा उपचार हुँदै गर्दा प्रहरी जवान सन्जीव र विप्लव कार्यकर्ता निरकुमारको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले जानकारी दिए ।
खोटाङ्ग जिल्ला घर भएका सन्जीव घुमुवा प्रहरी हुन् भने निरकुमार विप्लव समूहका ओखलढुंगा इञ्चार्ज हुन् । घटनास्थलबाट एक थान चाइनिज पेस्तोल र चार राउन्ड गोली बरामद भएको प्रहरीले जनाएको छ ।
यो घटनापछि सदरमुकाममा सुरक्षा व्यवस्था कडा पारिएको छ । निरन्तर वर्षा भइरहेकाले अनुसन्धानमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?
तपाइको विचार व्यक्त गर्नुहोस् ।