काठमाडौँको बुढानिलकण्ठमा बसको ठक्करबाट एक बालिकाको मृत्यु

  • मङ्गलबार, आषाढ १७ २०७६ प्रकाशित

काठमाडौं– काठमाडौँको बुढानिलकण्ठ नगरपालिका–४ पासिकोटस्थित बा २ क ९९७४ नम्बरको स्कुलबसको ठक्करबाट आज एक बालिकाको मृत्यु भएको छ ।  

उक्त दुर्घटनामा परी पासिकोट बस्ने पाँचथर घर भएका दिनेश नेपालीका तीन वर्षीया छोरी सुजितीको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । ठक्करबाट गम्भीर घाइते भएकी बालिकाको उपचारका लागि न्यूरो अस्पताल बाँसबारीतर्फ लैजाने क्रममा बाटो मै मृत्यु भएको हो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।