पोखरामा ‘टाइम बम’ लेखिएको शकास्पद वस्तु भेटियो

  • मङ्गलबार, आषाढ १० २०७६ प्रकाशित

९ असार, पोखरा । पोखराको एक तरकारी बजारमा सोमबार साँझ शंकास्पद वस्तु भेटिएको छ । पोखरा ८ मा रहेको फेवा एग्रिकल्चर प्रालिद्वारा सञ्चालित तरकारी बजारमा शंकास्पद वस्तु भेटिएको हो । 
तरकारी तथा फलफुलका पसल गरी सय वटा सटर रहेको तरकारी मन्दीमा साँझ करिब ४ बजेतिर उक्त शंकास्पद वस्तु भेटिएको थियो ।

 उक्त शंकास्पद वस्तु निलो रङको पाइपमा घडी जोडिएको जिल्ला प्रहरी कार्यालय कास्की एसपी दानबहादुर कार्कीले जानकारी दिए । 
दिउँसैदेखि वेवारिसे एउटा झोला त्यहाँ छोडिएको र साँझ उक्त झोला खोलेर हेर्दा ‘टाइम बम’ लेखिएको शंकास्पद वस्तु भेटिएको फलफूल एक फलफूल ब्यापारीले बताए । ‘

भोलिको बन्द सफल पारौं भनेर सानो चिठी पनि लेखेको छ,’ उनले भनिन्, ‘कोही मान्छेले झोला बिस्र्यो होला भनेर खोज्दा त्यस्तो भेट्या हौं । 
’एसपी कार्कीले भेटिएको शंकास्पद वस्तु बम हो या होइन भन्नेबारे यकीन नभएको बताए । उनले भने, ‘सेनाको बम निस्क्रिय पार्ने टोली त्यता गइसकेको छ । बम हो या होइन भन्ने छानवीन भइरहेको छ ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।