विद्यालयको कार्यालयमै बियर पाटि—नियमलाई लत्याउदै शिक्षकहरु

  • बिहीबार, जेष्ठ ३० २०७६ प्रकाशित

सरकारले विद्यालय परिसर कुनै पनि धुम्रापान तथा मद्यपान बिक्रि वितरण प्रतिबन्ध लगाईरहेको बेला मकवानपुरको बकैया गाउँपालिकाको एक विद्यालयमा कार्यालयभित्र बियर पाटि भएको छ । बकैया—५ अवस्थित रहेको कर्म प्राप्ति माविमा सम्पुर्ण शिक्षक तथा राजनितिक दलका नेतासँगै समाजसेबिहरु भेलाभई कार्यकक्षमै बियर पाटि भएको तस्बिर सामाजिक संजालमा चर्चा पाईरहेको छ ।   


स्थानीय डिबि तामाङको वालबाट पोष्ट भएको यो तस्विर केहि समयपछि डिलेट भए पश्चात हजुरको खबर टिमले तपाईले पोष्ट गर्नु भएको तस्विर किन हटाउनु भएको भनेर सोध्दा उनले भने,“तस्विर सामाजिक संजालमा किन पोष्ट गरेको भनेरे धेरैले गालिगलौज गर्ने र धम्की दिन थाले त्यसैले यस्ता गालीगलौज खानु भन्दा होस् भनेर हटाइइदिएको हो ।” उनलाई विद्यालयकै प्र.अ चन्द्र प्रसाद देवकोटा,शुक्र घतानी लगायत शिक्षक तथा नेताहरुले गाली गर्ने तथा धम्क्याएको उनले बताए । रोजगारको सिलसिलामा विदेशमा रहेको भन्दै आफ्नो गाउँघरको यस्ता गतिविधि सुनिल दलार्मीले पोष्ट गरे पछि मैले सो तस्विर सेभ गरेर राखेँ र आफ्नै फेसकुबबाट पोष्ट गरेको थिए । तर तस्विर हालेकोमा परिवालाई समेत धम्की तथा गाली गर्ने र हटाउन भन्दिनको लागि पटक पटक दम्की दिए पश्चात परिवारबाट फोन आयो अनि मैले बाध्य भएर डिलेट गरेको हो ।   


सुनिल र्दलामीले सामाजिक संजालमा खाजा सँगै बियरका बोतलहरु भएको तस्विर पोष्ट गरे पछि सो तस्बिर बाहिर लिक भएको हो अर्का स्थानिय बिजय थिङले बताए । उनले स्कृनसर्ट गर्ने भन्दा नि तस्विर सेभ गर्न तर्फ लगियो उहाँकै वालबाट सो तस्बिर लिग भएको दा िसमेत गर्छन् ।  
। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोति लाल सिंगार, शिक्षक पदम वि.क.,सिता खनाल र प्र.अ चन्द्र देवकोटाको समेत तस्विर देखिन्छन् । त्यस्तै सो पार्टिमा एमालेका नेता दल बहादुर वाइबा समेत सामेल भएको स्थानिय बिजय थिङले जानकारी दिए ।  

यस विषयमा सत्यतथ्य के हो भनेर हामीले सोहि विद्यालयका प्र.अ चन्द्रप्रसाद देवकोटाले यस विद्यालयमा ४२ बर्ष सम्म अध्यापन गराउनु हुने शिक्षक सुर्यकान्त ठाकुरको विदाई कार्यक्रममो वेला खाजापान भएको र त्यस्तो खासै केहि नभएको बताए । विद्यालयको क्षेत्रभित्र यस्तो हुनु त जायज भएनी भनेर सोध्दा उनले भने, हाम्रो नियत त्यसो नभएको भन्दै तस्विर दुरुपयोग भएको जस्ता गैर जिम्मेवार उत्तर दिए । 


नियमलाई लत्याउदै 
बकैया गाउँपालिका वडा नम्बर ५ ले वडा भेला गराई वडालाई सान्त, स्वच्छ, कोलाहलमुक्त बनाई विकासको गति दिन समाजमा भएका बिकृति, विसंगति, कुलत, दुव्र्यसनी जस्ता क्रियाकलापलाई निरुत्साहित तथा नियन्त्र गर्ने भनि जेठ १८ गते सुचना जारी गरेको थियो । वडा 
सार्वजानिक स्थलहरुमा जाँड,रक्सि,चुरोट,विडिँ,गाँजा भाँङ तथा सुर्तीजन्य प्रतिवन्ध लगाएको वडा अध्यक्ष शेरमान घलानले हस्ताक्षर गरेको सुचनामा भनिएको छ । यदि अटेर गरेमा १ हजार देखि १० हजार सम्म जरिवाना÷कानुनी कार्ववाहिको साथै वडाबाट दिईने सेवा सुविधा समेत बञ्चित गरिने भनेर लेखिएको छ । यो सुचनालाई लत्याउदै विद्यालय जस्तो पवित्र स्थानमा वियर पाटि हुनु कतिको जायज हो त ? अब के हुन्छ कार्वाहि ? यो हेर्न वाँकी छ । 
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।