जहाँ जता गयो गलत अर्थमात्र लागेको पाउँछु।दुई ब्यक्ति बिचको अन्तर सम्बन्धभित्रको ढुकढुकी नै प्रेम हो।यति साने भाषामा प्रेम व्याख्या हुँदैन।प्रेम यानिकी माया भन्ने कुरा संसारका सबै प्राणिको हृदयमा हुन्छ र सबै पदार्थमा हुन्छ। यिनै प्राणी र पदार्थहरुको घुलमिल सँगै मानव पनि आश्रति हुन्छ।प्रकृतीका हर चिजहरुले प्रेम गरीरहेका हुन्छ्न।यदि एक र अर्को बिच प्रेम नहुने हो भने सायद बम्हाण्डमा कसैको पनि अस्तित्व हुँदैन होला।प्रतेक दिन सूर्य उदाउनु,रातमा चन्द्रमा उदाउनु ,समयमा पानी पर्नु ,जङ्गलमा गएर घाँसदाउरा ल्याउन सक्नु,प्रकृतीको उपहारबाट कवि र महाकबिहरु बन्नु।यस्ता उदाहरण दिएर मात्रै पनि प्रेमको परीभाषा कहाँ पुर्ण हुन्छ र?यी त मेरो छोटो दिमागमा घुसेका साना कुराहरु मात्रै हुन।हामीलाई थाहा नभएता पनि हामी बाँचेको बातावरण वरपरका हर जड-अजड ,भौतिक-अभौतिक ,रसहरुले प्रेम गरीरहेका हुन्छ्न।प्रेम भन्ने कुरा कुनै युवा र युवती भित्र मात्रै हुने कुरा होइन।एउटा बैशले उन्मत्त भएको बेलामा मात्रै प्रेम गर्नु हुन्छ भन्नेकुरा बिलकुलै गलत गलत हो। चलचित्रका पर्दामा जस्तो क्षणिक तिरिमिरी प्रेम होइन।यो त मानिसले थाहा पाउने र मानिसको हृदयमा पलाउने कुरा होइन।प्रेम गर्न र प्रेम पाउन मानव हुन सक्नु पर्छ मानिस होइन।मानव मस्तिष्कका प्रतेक कोष सन्चालन गर्ने बस्तु नै प्रेम हो ,यानिकी प्रेम नै मानवको जीउने आधार हो।
प्रेम जस्तो पबित्र भावनाको बदनाम भएको देख्दा दिक्क लाग्छ।प्रेम गर्नु भन्दा पहिले प्रेम के हो ?त्यो सिक्न जरुरी हुन्छ।प्रेम भन्ने कुरा जसले जो सँग पनि गर्नु हुन्छ र गर्नु पर्छ पनि।अथवा एउटा छोराले बाबुलाई,आमालाई,दिदीबहिनीलाई,त्यस्तै छोरीले पनि।धेरै कुरा दोहोर्याउँदा नुन चर्को भए जस्तो होला तर पनि यो सँपूर्ण संसार नै प्रेमको प्रतिमूर्ती हो भन्दा अत्युक्ति नहोला।हामीले गर्ने प्रत्येक कर्महरु पनि प्रेमको शाखा र प्रशाखाको समिश्रण हो अन्यथा सफलता फेला पार्न प्रेम भन्ने दबाई नखाइकन हुँदैन ।यो एउटा एस्तो औषधि हो जसले निधन भएर ओअनि सास हुनेहरुलाई बास दिन्छ।जिन्दगीको गोरेटोमा वेवारिसलाई पनि परिचित बनाउँछ। ओइलिएर सिथिल भएका फूलहरुलाई एउटा छुट्टै उत्साह र उमंगको ज्वार पैदा गराइदिन्छ ।दुस्मनलाई आफ्नो मान्छे बनाएर यो पर्यटकिय संसारका अप्ठ्यारा पथहरुलाई पिच सडक बनाईदिन्छ। वैमनस्यताका कुन्ठाहरुलाई मानवीयतामा बदलिदिन्छ ।बरबादिका छालहरुलाई उपयोगको रोजगारी दिन्छ।एकाकार रातहरुलाई झिलिमिली सहर बनाईदिन्छ।हिंड्दा हिंड्दै भूलेका रस्ताहरुलाई स्मरणीय क्षण बनाइदिन्छ।मरेर पनि जिउने अमृत पान गराउँछ र जन्मीनु र मर्नुको सत्यतालाई मित्थ्या बनाएर अजम्बरीको बुटी पहिर्याइदिन्छ।खग्रास सूर्यग्रहणका जस्ता काला धब्बाहरुलाई मेटेर सुन्दर संसारको दर्शन दिन्छ।घात र प्रतीघातका धारहरुलाई भुत्ते बनाईदिन्छ।सहिष्णताका जमघटहरुलाई मौलाउन दिन्छ।मानव संघारका बिभत्सहरुलाई त्यागेर बुद्धको बटबृक्षहरुमा कलमी गरीदिन्छ र त्यो कलमिलाई बिकसित बनाउउँछ। के के गर्छ ,गर्छ,यसले गर्ने कुराको कुनै सिमाना नै हुँदैन भन्नुको अर्थ यसले गर्ने कुराहरु नकारात्मक हुंदैनन।प्रेम गर्नका लागि गालाम गाला जोडेर र अङगालोमा बेरेर हिड्नु पर्छ भन्ने हुँदैन ।प्रेम भन्ने कुरा न त कसैबाट जबरजस्ती लिने कुरा हो,न त दिने नै,यो त मन जितेर गरिने र लिने कुरा हो,एउटा ब्यक्तिले त नभनौँ एकले अर्कोप्रती देखाउने एउटा छुट्टै संसार हो यो प्रेम।प्रतिकात्मक छाँया हो,नापेर नसकिने नाप हो,भरेर नभरीने भाँडो हो। हेरेर नदेखिने अदृश्य हो,फूल्दै फक्रँदै गर्ने एउटा प्रकृतिको फूल हो र यथार्थमा मैले जानेको भन्दा बढी नै हो।
यहि प्रेमको नाउँमा ठूला ठूला घटना भएका छन।केही राम्रा भएका छन त केही नराम्रा।आत्महत्या भएका छन।धोका भन्ने शब्द शब्दकोशमा थपिएको छ।प्रेमको नाउँमा कति दिदीबहिनीहरु बलात्कृत भएका छन।अन्तरजातीय सम्बन्धले बिबाहमा परिणत भएको घटना देखि लिएर कति बुहारीहरु सासुको सिकार भएका छन ।सयौं छोराहरु कुलघरानबाट बाहिरीएका छन।प्रेमको नाउँमा हजारौँ छोरीहरु बम्बई र दिल्लिका कोठिभित्र गुम्सिएका छ्न।मुक्तिको चीत्कार गुन्जाईरहेका छन ,सुन्ने कस्ले??
चाहिएको छ आफ्नै बाबुलाई छोरी बेचिएको पैसा।आफ्नै दाईलाई बहिनीको दलाल ,आफ्नै आमालाई छोरीको देहब्यापारको फाइदा ।यस्तै फाइदा र बेफाइदाको खेलौना बनेको छ प्रेम।एस्तो पनि कहिँ प्रेम हुन्छ?जे गर्नु हुदैन भन्यो त्यही गरीन्छ ,जे नहुनु पर्ने हो तेहि भैदिन्छ,सोचेको भन्दा ठिक उल्टो भैदिन्छ,प्रेम भित्र पनि तिका तिखा काँडा हुन्छ्न ठूला ठूला खोँचहरु हुन्छ्न। यो केवल दुना टपरी ,भोज भतेर जस्तो सस्तो कुरा मात्रै होइन तर यहाँ तेहि छ।यसरी यो मानिसको सुखदुखको साथिलाई भुच्चकहरुले फाइदा र बेफाइदाको जड बनाएका छन।निश्चल माया र प्रेमका सागरहरुलाई तृष्णाको पौडी खेल्ने पोखरी बनाएका छन।अनि त्यही पोखरीमा पौडी खेल्दा खेल्दै ढाडिएर रगत पिएको जुका झैं उकुस मुकुस भएका छन।जब लखतरान हुन्छन अनि चुस्ने चुसक र चुसाउने चुसेराहरु अनकन्टार छाँगोमा ढलमलिन्छ्न। बल्ल थाहा हुन्छ वास्तविक जिन्दगी।यदि प्रेमको सहि सदुपयोग हुने हो भने आशातीत मानव जीवन अबश्य हुने थियो।कसैको जिन्दगीमा जसले बास्ले बास्तबिक बुझ्दैन त्यसलाई यो प्रेमले द्विबिधात्मक बनाइदिएको छ।
जे होस जिन्दगी र प्रेम एक आर्काको पुरक बस्तु हुन।यो संसार नै मायारुपी जालभित्र अल्झेको छ ।जता माया हुन्छ तेता नै जिन्दगी मोडिन्छ।माया नै मायाको यो जालोभित्र परे पछि मानवको स्वभाव प्रकृति ,रहनसहन बोलिचाली,ब्यबहरहरु नै आदि अनौठा किसिमका हुन्छन।यो जालका लहराहरु पनि दर्बिला हुन्छन कि यसले टनटनी कसेर वाक्क र दिक्क पार्छन।प्रत्येक प्रकृया यानिकि क्षण क्षणमा मायाका विभिन्न रुपले जिन्दगीका दोबाटो र चौबाटोहरुलाई मृत्युशैयाको गोरेटोमा रबर झैं तन्काउने र खुम्च्याउने गरीरहेका हुन्छन।माया बिनाका जीवनहरु बिधुर झैं उराठलाग्दो र बिसंगतिपूर्ण हुन्छन।जति उदाहरण दिए पनि माया माया नै हो र जीवन जीवन नै। फरक यतिमत्र हो कि यिनीहरु हामिलाई थाहा नभईकन नै प्रकृयागत भएका हुन्छ्न र संसारीक बन्धनमा नजरबन्धित हुन्छन।भोको मान्छेलाई मात्रै थाहा हुन्छ भोक के हो भनेर अघाएको पेटलाई होइन।हामीपनी आफूसित भएको यो दमित भावनालाई उजागर गरेर बहुमूल्य मानव जीवनलाई सफल बनाउन सक्छौ र जिन्दगीका हरपलहरु सुखमय आनन्दित र सोचेजस्तो बनाउन सक्छौ भन्दा अत्युक्ति नहोला भन्ने लाग्यो,लाग्दैछ,र लाग्नेछ भन्ने आशा छ।
सुनिता पौडेल,
नमोबुद्द नगरपालिका ,काभ्रेपलान्चोक
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?
तपाइको विचार व्यक्त गर्नुहोस् ।