कविता
"ऎना"
ऎनाले हरेक दिन अरुको कै
आकृती देखाइ दिन्छ।
राती सुत्नु अघि होस या
बिहान उठे पछि पहिलो
नजर तेही ऎनाले देखाइ दिन्छ।
ताते-ताते गर्ने सानो नानी ऎनाको
अघि आफ्नै अनुहार हेर्दा मख्ख
पर्छ। ऐनाको पछि कोही छ कि
भन्दै हेर्छ एक्लै हास्छ,त्यो सुकोमल
हासोको प्रतिबिम्ब देखाइ दिन्छ।
नवबिवाहिता नारी आफ्नो सिउदोमा रातो
सिन्दुर लाउदै छ्क्क पर्दै मुस्कुराउछे।सायद
त्यो ऎना भित्र उसले आफ्नो फरक रुप देख्छे
त्यसैले कहिले घुम्टो बनाउछे आफ्नो धोतीको
सप्कोलाई , हो ऎनाले फरकपन देखाइदिन्छ।
कतै युगल जोडी ऎनाको सामु पुगी हाले भने
एकले अर्कोलाई आलिङन गर्दै आफ्नो प्रेम
दर्साउछ्न ...लाग्छ उनीहरूको प्रेम त्यो ऎनाले
हेरिदिन्छ।
हरेक पल ऎनाले अरुको मात्रै आकृती हेराइदिन्छ।
राम्रो न राम्रो छुटाइदिन्छ,तर बिडम्बना कहिले
आफुले आफुलाइ हेर्न पाउदैन,तर उ आज सम्म
दुखी छैन....अनि कसै सित पनि गुनासो गर्दैन
ऎना इमानदार छ कि उसले कसैको
चरीत्र हैन चित्र देखाइदिन्छ।
अंशु कार्की
मकवानपुर
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?
तपाइको विचार व्यक्त गर्नुहोस् ।