बृद्धभत्ता बढ्यो, मासिक ३ हजार पाइने

  • बुधबार, जेष्ठ १५ २०७६ प्रकाशित

सरकारले आर्थिक वर्ष ०७६र०७७ को बजेट मार्फत बृद्धभत्ता एक हजार बढाएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार संयुक्त संसदमा प्रस्तुत गरेको बजेटमा हाल दिइँदै आएको भत्तामा एक हजार रकम बढाइएको हो ।  
सामाजिक सुरक्षा भत्ता कार्यक्रम अनुसार हाल जेष्ठ नागरिक तथा पूर्ण अपांगता भएकालाई मासिक २ हजार रुपैयाँ, आंशिक अपांग भएकालाई ६ सय रुपैयाँ, एकल महिलालाई १ हजार, लोपोन्मुख आदिवासी जनजातीलाई २ हजार र बालबालिकालाई मासिक ४ सय रुपैयाँ दिंदै आईएको थियो । 
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।