मकवानपुरमा फेला पर्यो अनौठो जनावर, एउटैको मूल्य लाखौँ

  • सोमबार, बैशाख २३ २०७६ प्रकाशित

मकवानपुरको उत्तरी भेग थाहानगरमा  अचम्मको जनावर पालिएको छ ।  वडा नम्वर १० मा पर्ने बिसिङखेल भन्ने ठाउँमा यो जनावर पालिएको हो । 

झट्ट हेर्दा यो जीव ऊँट जस्तो देखिन्छ भने नियालेर हेर्दा भेडा र घोडाको प्रजाति जस्तो देखिन्छ । घाँटी र टाउको ऊँट जस्तो देखिन्छ । यसको हिडाई पनि ऊँट जस्तै छ । रौँ हेर्दा भेडा जस्तो देखिन्छ । पुच्छर भने घोडाको जस्तो देखिन्छ । तर यो जिव ऊँट, घोडा वा भेडामध्ये कुनै पनि होईन । यो अचम्मको जीव हो अल्पका । 

यो जीवलाई पहिलो पटक जर्मनी नागरिक हार्टमुट बाउन्डरले नेपालमा भित्र्याएका थिए । उनले शुरुमा दोलखाको जिरीमा सौखका लागि यो जीव पालेका थिए । मकवानपुरको बिसिङखेलमा २ बर्षदेखि अल्पका पालिँदै आएको छ । अनौठो लाग्ने यो जीवको स्वभाव पनि अनौठो खालको छ।

हेर्नुस् केन्द्रविन्दु कर्मी रामजी बलामीले तयार पार्नु भएको भिडियो  रिपोर्ट

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।