आँधीहुरीको लिला ! दैव हे भनि देउ : किन यस्तो ग¥यौ

  • मङ्गलबार, चैत्र १९ २०७५ प्रकाशित

 दैव हे भनि देउ : किन यस्तो ग¥यौ..... गायक योगेश काजीले गाएको यो गीतको याद आयो यतिवेला । ५÷६ बर्षिय यी साना नानीहरुको सपना फुल्न नपाउँदै हुरीले भताभुंग बनायो ।  


यी साना नानीहरुको घर क्षणभरमै उजाड बनाइदियो । हजुरको खबर कर्मी र मकवानपुरको लायन्स र लियो पदाधिकारी सहितको टोलि २०७५ चैत्र १७ गते साँझ आँधीहुरीले तहसनहस भएको स्थान बाराको फेटा गाउँपालिकास्थित भलुवी भरवलिया गाउँ राहात वितरण गर्न हेटौडाबाट हिडौँ ।  
हेटौडाबाट वीरगञ्जतर्फ लाग्दा हावाहुरी र त्यसले बच्चाएको वितण्डाको कुनै संकेत पाइएन् । जीतपुरबाट अगाडि बढ्दा गर्दा तहसनहस भएको ठाउँमा पुगियो, त्यहाँ आँधीको मच्चाएको तहसनहस आँखाले कैद ग¥यो ।  


बिजुलीका पोलहरु ढलेर सडकमै आइपुगेका रहेछन् । रोकिराखेका मालवाहक ट्रक र बसहरु लडेका छन् । हामी पुग्दा क्रेनले सवारी साधनलाई पन्छाउने प्रयास गरिरहेको दृश्य देखौँ । रुख लडेर बाटो छेकिएको थियो । मूल सडक त सुचारु भएको छ, तर, सहायक सडक अस्तव्यस्त छ । 
वीरगञ्जबाट कलैया रोड हुँदै केही मिनेटमा भलुवी भरवलिया पुग्यौँ । र हामीले हेर्दा हावाहुरी फेटा गाउँपालिकाको भलवीमा भूमरी परेको अनुमान लगाउन सकिन्छ । 


भलुवी भरवलियाको सुरुमा एउटै घरमा सासूबुहारीको मृत्यु भएको रहेछ । मानिसहरु शव उठाउन सक्ने अवस्थामा समेत थिएनन् । सबैभन्दा धेरै मानवीय क्षति यही गाउँमा भएको भन्ने खबर प्रहरीले दिएका थिए हामीलाई ।  
सँगै यी सानावालिकाहरु भत्केका ती घर माथि बसेर हेरिरहेका थिए । यी दृश्य देखेर सबैको ध्यान यस तर्फ थियो, सबैले फोटो खिच्न लागिरहेका थिए । यस दृश्य देखेर मेरो यो मन भने सारै भक्कानियो, र मैले सोध्ने चेष्ट पनि गरेँ तर नेपाली भाषा नबुझ्नाले गर्दा उनीहरुले संग भलाकुसारी गर्न भने सकिएन् । यी सानी नानीहरुको पिडा देखेर जो कोहिको पनि मन नरोला भन्न सकिन्न् । यी नानीहरु भने धेरै भिडभाड देखेर रमाइरहेका थिइन् भने बुझ्ने भईसकेकी अर्का सानी नानी भने मलिन अनुहार बनाइ वसिरहेकी थिइन् । यो दयनिय अवस्था सँगै असाध्यै लामखुट्टे लाग्ने ठाउँमा समेत भएको हुँदा वालवालिकाको लागि केहि सहयोग गर्नु पर्ने अवस्था देखिन्छ ।  


हामी त्यस भन्दा अलि पर समेत पुग्यौँ त्यहाँको दृश्य सबै हेरौँ । एकातिर खुल्ला आकाश चारै तिर धुलो उडिरहेको, त्यहि माथि खाना पाकिरहेको थियो, खाना खानको लागि लाइनमा लाइनवद्ध भईरहेका यो देख्दा हाम्रो मन पनि कहाँ नरोएको होर ! 
त्यहीँ नजिकै हरियो बाँस कात्रो ठीक पारिँदैथ्यो थियो । केही केटाकेटीहरु आफ्ना किताब कापी च्यापिरहेका थिए । अनुहारमा त्रास र अनश्चियले डेरा जमाएको थियो । यहाँबाट उठेर कहाँ जाने ? सबैको मनमा यही प्रश्न मडारिएको थियो । 
एक महिला भन्दैथिइन्, ‘भेटिएका सामानहरु अरु कसैका घरमा राख्छौं । तर, रातकहाँ बिताउने केही थाहा छैन ।’ यहाँका गाउँवासीको ओत लाग्ने छानो मात्र होइन, खाने अन्न पनि हुरीमा बिलायो ।  


हेर्न र फोटो खिच्न आउनेहरुको भिड छ । भीआईपीहरुको आवत जावत पनि चलिरहेकै छ । तर, यी स्थानीयवासीको पीडामा मल्हम लगाउन कसैले सकेको छैन् । पीडितहरु आफ्नो घरको भग्नावशेषमा पुरिएका सामान उत्खनन गरिरहेका छन् । अन्नपात त हावाले लगिहाल्यो, सरसामानहरु केही सद्दे भेटिन्छन् कि भन्ने आशले खोतलिरहेका छन पिडितहरु । राहत सामग्रीहरु आउन थालेका छन् ।  
एकैछिन पछि एक जना आए अनि भने,“ हाम्रो गाउँमा कच्चीपक्की कुनै पनि घर बाँकी छैन् , सबैमा क्षति पुगेको छ । हामी घरमा पाँचजना थियौँ । घरको भित्ता खसेर हामी नै फसेका थियौँ, बल्लतल्ल निस्किन सक्यौँ । लौन हजुर हामीलाई वस्ने व्यवस्था गरिदिनुस् यस्ता धेरैले भनिरहेका थिए  । 

फेटा गाउँपालिकाकी उर्मिला सिंहले सुनाइन्,“जन्मेदेखि हाल सम्म यस्तो हावाहुरी कहिले देखेकी थिइनँ,अन्य स्थानमा आयो रे भन्ने सुनेको थिए तर हावाहुरीसँग असिना पर्न थालेपछि मानिसहरू घरभित्र पस्न थाले,एकैछिनमा ढुंगा नै उडाउने हावा चल्यो घर नै भत्कायो, छानाहरू उडाएपछि कहाँ जान्थे र ? फसेकाहरूलाई निकाल्ने मानिस थिएनन् । वर्षा र पानी रोकिए पछि बल्ल मानिसहरू उद्धारमा जुट्न थाले । धेरै चामल लगायतका खानेकुरा पुरिएको छ र ठूला मान्छेले त भोक सहन गर्न सक्लान् तर बच्चाहरूलाई गाह्रो छ । सबैले गाँस वास कपासको सहयोग गरिदिन आग्रह गरिन् ।  


फेटा गाउँपालिकाकी अर्की इन्दु देवीले पनि हामी सित धेरै दुख पोखिन्,“मेरो परिवारमा ३ जनालाई चोटपटक लागेको छ । खाना पकाएर वसिरहेका थियौँ एक्कासी हावाहरी चल्यो र सबै ढोका वन्द गरेर भित्र वसौँ तर घर सबै उडाउने गरि हावा चल्न शुरु ग¥यो एकै छिनमा २ दुईवटा घर नै भत्काइदियो । सबै रुन थाल्यौँ त्यस दिन कसैले पनि पकाइसकेको खाना समेत खान सकेनौँ । सबैले अब वासको व्यवस्था गरिदिन आग्रह गरिन् । यस्तै धेरै जनाले हामीलाई आग्रह गरिरहेका थिए तर, त्रिपाल भने हामी त्यसबाट फर्किदा समेत आईपुगेको थिएन् । अबको चरणमा भने सबै सहयोगी मनहरुले गाँसको संगै वासको समेत व्यवस्था गर्नु पर्ने देखिन्छ । 


मौसमविद्हरू के भन्छन् त?  
मौसमविद्हरू चैतदेखि जेठसम्मको समय नेपालमा प्रिमन्सुन गतिविधि हुने बताउँछन् ।त्यसैले अपराह्न पछि जुनसुकै बेला हावाहुरी आउने सम्भावना हुन्छ । आइतवार बिहान मौसम पूर्वानुमान महाशाखाले नेपालका मध्य तथा पूर्वी क्षेत्रका अधिकांश स्थानमा मेघ गर्जनसहित वर्षा गराउने बादल विकसित भएको र त्यो पूर्वतिर सरिरहेको जनाएको थियो । तर यति ठूलो क्षति र्पुयाउन सक्नेगरी हावाहुरी आउने अनुमान आफूहरूले नगरेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् मीनकुमार अर्याल बताउँछन् । 


पूर्वानुमान ? 
नेपालको मौसम पूर्वानुमान महाशाखाले केहि समय दिउँसो नेपालका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रहने र बाँकी भूभागमा आंशिक बदली रहने जनाएको छ । उसका अनुसार पहाडी भेगको केही स्थानमा र पूर्वी तराई भेगका एकदुई स्थानमा मेघगर्जन सहित क्षणिक वर्षाको सम्भावना देखिन्छ । 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।