पत्रकार महासंघ मकवानपुरले गर्यो पुस्तकालयको उद्घाटन

  • शनिबार, चैत्र १६ २०७५ प्रकाशित

नेपाल पत्रकार महासंघको ६४ औं स्थापना दिवसको पारेर महासंघ मकवानपुरले पुस्तकालयको उद्घाटन गरेको छ । प्रमुख अतिथि एवं हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले पुस्तकालयको उद्घाटन गर्नु भएको  हो । 

महासंघ मकवानपुरमै स्थापना भएको पुस्तकालयका लागि पत्रकार महासंघ प्रदेश नम्बर ३ का सल्लाहकार गिरिजा अधिकारी र महासंघ मकवानपुरका उपाध्यक्ष कुमार अधिकारीले आज केही पुस्तक हस्तान्तरण गरेका गरे । 
 

महासंघ मकवानपुरकाका अध्यक्ष हरि हुमागाईको सभाध्यक्षतामा भएको कार्यक्रममा महासंघ ३ नम्बर प्रदेशका अध्यक्ष प्रताप विष्ट, जिल्लाका पूर्व अध्यक्ष भानुभक्त आचार्य, महासंघका उपाध्यक्ष कुमार अधिकारी, सचिव गणेशदर्पण अधिकारी, लगाएतको उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।