कैलाश गाउँपालिकाका अध्यक्ष मोक्तानले किन गरे प्रधानमन्त्रीलाई ब्याङ्ग्य

  • बुधबार, चैत्र १३ २०७५ प्रकाशित

 

बिगतमा आफै पनि सरकारी कर्मचारी भएको अनुभव बोकेका कैलाश गाउँपालिका अध्यक्ष टंकबहादुर मुक्तानले कर्मचारी समायोजनबारे असन्तुष्टि पोख्दै प्रधानमन्त्रीप्रति व्यंग्य गरेका छन् । 

सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै उनले गणतन्त्र र संघीयताको उल्टो बिरुवा रोपेको सपना देखेको उल्लेख गरेका छन् । यो काममा संघीय मामिला मन्त्रालयका सचिव दिनेशकुमार थपलिया र सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित पनि लागेको भन्दै अध्यक्ष मुक्तानले संघीयताको आफूले सपना देखेको भन्दै व्यंग्य गरे । 

उनले अहिले वडा कार्यालयहरुमा जन्मदर्ता गर्ने कर्मचारी समेत नरहेको भन्दै मुख्यसचिवले एकमुष्ट सही गरेर जन्मदर्ता प्रमाणपत्र छपाएर ग्रामीण भेगका गाउँपालिकामा हेलिकप्टरमार्फत छर्न भनेका छन् । 

पछिल्लो समय सरकारी कर्मचारीका बारेमा असन्तुष्ट रहेका मुक्तानले समायोजनले बिकट गाउँपालिकाहरुमा समस्या आएको बताए । उनले अहिले सामान्य पञ्जीकरणको काम गर्ने कर्मचारी पनि गाउँपालिका नआएको भन्दै स्वास्थ्यका र करारका कर्मचारीलाई खटाएर सामान्य प्रशासनको दर्ता चलानीका काम गरिएको बताए । 

तत्कालीन भार्ता गाविसका कार्यालय सहायकका रुपमा लामो समय काम गरेका मुक्तान स्थानीय तहको निर्वाचनमा भार्ता, कालिकाटार, आग्रा, गोगने, डाँडाखर्क र नामटार गाविस मिलेर बनेको कैलाश गाउँपालिकाको अध्यक्षमा निर्बाचित भएका थिए । साभार : मनहरी डटकम

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।