सफ्टवेयरमा समस्या आएपछि स्टक एक्सचेञ्जको शेयर कारोवारमा समस्या

  • Suraydeep Bhujel
  • बुधबार, चैत्र १३ २०७५ प्रकाशित

प्राविधिक समस्या आएपछि बुधबार नेपाल स्टक एक्सचेञ्जको शेयर कारोवारमा समस्या आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज अपराहन १।४२ देखि शेयर कारोवारमा समस्या देखिएको हो । 

स्टकका प्रवक्ता मुराहरि पारजुलीले प्राविधिक समस्याका कारण कारोवारमा समस्या आएको र समय थप गरेर भएपनि कारोवार गराउने तयारी गरिएको छ । उनले थापाथलीमा रहेको ‘डेटा हव’ मा समस्या आएको र त्यसको निरुपणका लागि प्रयास भइरहेको जानकारी दिए। 

कालिका सेक्युरिटीजका प्रमुख नरेन्द्र सिजापतिले प्राविधिक समस्याका कारण आज शेयर खरीद बिक्री गर्न नसकिएको जानकारी दिए । उनले पनि सफ्टवेयरका कारण कारोवारमा उल्झन देखिएको गुनासो गरे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।