म मा फरक गायकीमा आएको : हेटौँडा आईडल दिपक कालिराज

  • बुधबार, चैत्र १३ २०७५ प्रकाशित

पाँचौ हेटौँडा आईडलका विजेता दिपक कालिराजले संगित मार्फत मकवानपुरलाई चिनाउनको लागि आफुले सक्दो मेहनत गर्ने  बताएका छन् । 
हेटौँडा आईडल भएपछि  अन्र्तवार्ताको क्रममा उनले आफु संगितमानै समर्पित हुने र मकवानपुरको नामलाई देशभरमानै चिनाउने प्रयासमा लागिरहने बताए । 
आफुले अझै धेरै सिक्न बाँकी रहेको भन्दै कालिराजले संगितलाई जीवन बनाउने पथमा आफु लागेको बताए । २०५६ भदौ २ गते कैलाश गाउँपालिका वडा नंबर ५ गोगनेमा जन्मेका उनले २०७० सालबाट संगितमा ध्यान दिन थालेका हुन् । माता देवकी कालिराज र पिता कृष्णबहादुर कालिराजको साथ तथा सहयोग र दाजु रुपक कालिराजको प्रेरणाको कारण आफु सफल भएको उनी मान्छन् । 
हेरौ उनको अन्र्तवार्ता 

हेटौँडा आईडल घोषँणा भएपछि कस्तो अनुभव भयो ? 
मलाई त्यो क्षण निकै खुसी लाग्यो । त्यो क्षेणको मैले वयान गर्न सक्दिन, केहि नयाँ सिकिन्छ भन्ने सोच बोकेर आएको थिए, सबै साथीभाई संगै निर्णायकहरुको सल्लाह र कमेन्ट अनुसार सिक्दा सिक्दै आइडल जिते, सारै खुसी लाग्यो र यो जिवनकै खुसीको क्षण सम्झन्छु । 
आइडल भएपछि तपाईको आँखामा आँशु देखियो नि किन ? 
 यो वेलामा मैले बाबालाई सम्झँे र मेरो बाबाले म आइडल बनेको हेर्ने चाहाना राख्नु भएको थियो तर यो पल मैले बाबालाई देखाउन पाइन त्यसैले म भावुक भने । 

बिजेता भई सके पछि दिपक कालिराज र विगतकोे दिपक कालिराजमा के फरक छ ? 
 म पहिला जस्तो छु, अहिले पनि उस्तै छु, म मा फरक गायकीमा आएको छ । म हेटौडा आइडलमा केहि सिक्छु भनेर आको थिए । सिक्ने अवसर मिल्यो, मेरो फरक अरु केहि छैन, मात्रै गायकी पनमा फरक पाउनु हुनेछ । पहिला जस्तो छु, अहिले र आउने दिनमा उस्तै हुनेछु । 


अब कहिले सम्म तपाईको गीत आम दर्शकले सुन्न पाउछन होला ? 
 चर्चित संगीतकार तथा गायक रहनु भएका शिखर सन्तोष गुरुले गीत गाउने अवसर समेत दिने बाचा गर्नु भएको पक्कै पनि म गलामा निखार ल्याएर चाँडै नै म गीत ल्याउनेछु, यस कुरामा ढुक्क रहन सम्पुर्ण दर्शकहरुमा आग्रह गर्न चाहान्छु । 


उद्योग वाणिज्य संघले यत्रो अवसर दियो के भन्नु हुन्छ ? 
 म यो अवस्था सम्म आउन पाउनु त्यसको श्रय उद्योग वाणिज्य संघलाई जान्छ । थोरै समयमा सबैले चिन्ने अवसर समेत प्रदान गरेको छ उद्योग संघले, के कति मैले दिन सके त्यो त मेरो हातको कुरा थियो, जुन मैले उपाधि जिते, मेरो आवाज मन पराइदिनु भएकोछ , यस्ता मन पराउने आवाज अझ धेरै लुकोका छन्, लुकेका प्रतिभाहरुलाई बाहिर ल्याउने माध्यम बनेकोमा म हर्षित छु र आगामी दिनमा शहर केन्द्रित मात्रै अडिसन गर्नु भन्दा पनि सबै भुभागमा गएर अडिसन गर्नको लागि आग्रह गर्दछु र त्यस तर्फ सोच्नु हुनेछ भन्नेमा विस्वस्त छु । 

विजेता भइसके पछि आमा बाबुले के भन्नु भयो ? 
 ममी त छोराको कार्यक्रम हेर्नको लागि गाउँ देखि आउनु भएको थियो , ममी स्टेज मै आएर हर्षको आशु खसाल्दै आर्शिवाद दिनु भयो । र संगीत क्षेत्रलाई सदैव लैजानको लागि आग्रह गर्दै परिवारको साथ सहयोग रहने कुरा गर्नु भयो । बाबाले समेत फोनबाट आर्शिवाद दिदँै सपना पुरा गर्न आग्रह गर्नु भयो । 


सांगिति क्षेत्रमा आगामि लक्ष्य बताईदिनुहोस् 
 मेरो आगामी लक्ष्य भनेको, मैले धेरै सिक्नु पर्ने छ । गायकमा म भखर पाइला टेक्दैछु, यो पाइला टेक्दै अझ मैले धेरै सिक्दै अझ माथि पुग्ने चाहाना राखेको छु, यो चाहानालाई मेरा आइडलका निर्णायक ज्यूहरुले पनि धेरै साथ दिने बाचा गर्नु भएको छ । पक्कै पनि हेटौडा आइडल भईरहँदा चुनौती समेत आईपरेको भान भाको र मैले अझ संगीत क्षेत्रलाई प्यासन बनाएर लैजाने सोच र छिट्नै संगीत कक्षा जोइन गर्ने सोच बनाएको छु । 


प्रथम भए पछि केकस्ता पुरस्कारहरु तथा अवसरहरु पाउनु भयो ? 
 नगद ३५ हजार, वोन ट्राभल्सको तर्फबाट युएईको दुईतर्फी टिकटको साथै चन्द्रागिरीको केबलकारको लागि ६ हजार बराबरको टिकट, लक्ष्मी टेक्नोप्लाष्टको तर्फबाट कफि टेबल एक सेट, भिजि सिरिज सरफको तर्फबाट पुरस्कार लगाएतको विभिन्न विभिन्न पुरस्कारहरु पाए । 


आफ्ना शुभचिन्तक, परिवार प्रेरणका श्रोतहरुलाई के भन्न चाहनुहुन्छ ? 
 मान्छे कहिले पनि एक्लै अगाडि वढ्न सक्दैन, अगाडि बढ्नको लागि मेरा शुभचिन्तक, साथीभाई, इष्टमित्र, परिवार आवश्यक पर्छ नै । सबै प्रति आभार व्यक्त गर्न चाहान्छु । मलाई आइडल बनाउनको लागि धेरैले धेरै तबरबाट सहयोग गर्नु भयो, मैले यो सहयोग मनमा राखेको छु, उहाँहरुले गर्नु भएको साथ, सहयोग, मायालाई कहिले पनि भुल्नेछैन । संगीतलाई पेसा बनाएर तपाईहरुको अगाडि धेरै राम्रा राम्रा गीतहरु ल्याउने बाचा समेत गर्दछु र विशेष गरि मेरो बाबाको सपना थियो, म गायक बनेको हेर्ने रहर ,त्यो रहर पुरा गर्नको लागि अब मैले नयाँ सिक्ने लक्ष्यको साथ अगाढि बन्ने र सदैव साथ सहयोग माया दिनुहेनेछ भन्नेमा विश्वास राख्दर्छु पुनः सम्पुर्णमा आभार व्यक्त गर्दछु ।  


अन्तमा के भन्नु हुन्छ ? 
 र्दशश विना एउटा कलाकार अधुरो छ । सबैको माया साथसहयोग दिइरहनु हुनेछ, मलाई तपाईले बोलाएर यत्रो अवसर दिनु भयो, आफ्नो कुराहरु राख्ने अबसर पाए , तपाईलाई लगायत तपाईका सम्पुर्ण परिवार प्रति आभार व्यक्त गर्दछु ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।