प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पहिलाको जस्तो सर्वेसर्वा सिडिओ आवस्यक नभएको बताएका छन् । शान्ति सुरक्षा, विकास निर्माण, कर्मचारी प्रशासन र स्थानीय समन्वय गर्ने सिडिओ राख्दा संघीयताको मर्म विपरित हुने उनले टिप्पणी गरे ।
नेपाल कम्युनिष्ट पार्टीको जिल्ला स्तरीय कार्यकर्ता भेलाका लागि बागलुङ आएका गुरुङले पत्रकारहरुको संक्षिप्त भेटमा तीन तहकै सरकारको समन्वयमा काम गर्ने प्रशासन आवस्यकतामा जोड दिएका हुन् ।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?
तपाइको विचार व्यक्त गर्नुहोस् ।